जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्व कायम गर्न दुई ठुला दलबिच गठबन्धन गरिएको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ नेता डा। कोइरालाले राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा दुई नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति गरेर वर्तमान गठबन्धनको सरकार बनेको बताए ।
धेरै छलफलपछि गठन भएकाले यसलाई असफल हुने कुनै छुटन दाबी गरे । उनले भने , “यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा असफल हुन दिनुहुँदैन ।”
यस्तै, कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको विश्वास व्यक्त गरे । पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको भन्दै २०८४ सालको चुनावका लागि कांग्रेस पूर्ण रूपमा तयार रहेको दाबी गरे ।





