११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

रोशीका १२ सय विपद् प्रभावितलाई आर्थिक सहयोग



काभ्रेपलाञ्चोक । असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित एक हजार २३० पीडितपरिवारलाई संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले राहत रकम प्रदान गरेको छ ।

डब्लूएफपीको नेपालस्थित कार्यालयमार्फत उक्त राहत रकम प्रभावितपरिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ ।

बाढीपहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो । ४८२ घर पूर्ण रूपमा तथा ८८३ घरमा आंशिक रूपमा क्षति पुगेको थियो ।

डब्लूएफपीले पीडितपरिवार संख्याका आधारमा राहतस्वरुप नगद नै सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

उनले सबै पीडितको बैंक खातामा रकम जम्मा भइसकेको र कुनै समस्या आए गाउँपालिकामा तत्काल सम्पर्क गर्न अपिल गरेका छन् । रासस

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १० : २३ बजे