१९ पुस २०८१, शुक्रबार | Sat Jan 4 2025

मेलमिलाम दिवसमा देउवाले भने-गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता छ



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । देउवाले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए ।

‘‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनुपर्छ । अझै प्रभावकारी बनाउनुपर्छ । राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रुपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनु पर्छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘मधेश, पहाड र हिमालका सम्पूर्ण नेपालीहरु बिच एकता र मेलमिलाप हुनुपर्छ । सम्पूर्ण नेपालीहरुको बिचमा एकता गर्न आजको आवश्यकता हो । पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरुका विभिन्न चाहनाहरु होलान् तर त्यसको समन्वय गरेर एकताबद्ध भई एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ ’’ उनले भने ।

सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको उनको जोड थियो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : ०७ बजे