२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाऔँ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको छानबिन हल्ला गर्ने भन्दा काम गर्ने विषय नभएको बताएका छन् । आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको फाइल खोल्ने धम्कीका कारण पनि भ्रष्टाचारले प्रश्रय पाइरहेको भन्दै नियमित भएकाले फाइल खोल्ने धम्की बन्द गर्न आग्रह गरेका छन् ।

“भष्ट्राचारका कुन कुन फाइल खोल्ने हो ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु भन्दा आजित भइसक्यो,” थापाले भने, “कुन फाइल खोल्ने हो रु शेरा दरबार, ललिता निवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ ।”

उनले निर्दोष नफस्ने र दोषी नउम्कने गरी काम गर्न आग्रह गरे । उनले आवश्यक परे शक्तिशाली आयोग बनाएर जानुपर्ने बताए । उनले भने

“निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन हुन्न । भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाउने भए बनाऔँ,” थापाले भने, “पूर्वरबहालवाला प्रधानमन्त्री, सांसदको सम्पति छानबिन गर्न आयोग बनाउने हो ? बनाऔँ ।”

उनको प्रस्तावमा माअ‍ोवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले समर्थन जनाएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ३ : १७ बजे