२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पछिल्लो पाँच महिनामा काठमाडौँबाटै १५ सय ४८ जना फरार प्रतिवादी पक्राउ



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले फैसला कार्यान्वयन अन्तर्गत विभिन्न मुद्दाका कसुरदार ठहरिएका १५ सय भन्दा बढी प्रतिवादी अभियुक्तहरु पक्राउ गरेको छ ।

नेपाल प्रहरीले फरार प्रतिवादी पक्राउको निमित्त विशेष अभियान अन्तर्गत पछिल्लो पाँच महिनमा मात्र राजधानी काठमाडौंमा १५ सय ४८ जना फरार अभियुक्तहरु पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट फैसला कार्यान्वयन अन्तर्गत हिजो मात्र ६२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् ।

त्यसै गरी प्रहरीले फरार प्रतिवादीबाट ४ करोड ८० लाख जरिवाना असुल समेत गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ११ : ३० बजे