२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

चैतभित्रै क्रियाशील सदस्यतासम्बन्धी नवीकरण गर्न कांग्रेसको निर्देशन



ललितपुर । नेपाली कांग्रेसले नियमित समयमै १५ औँ महाधिवेशन गर्ने तयारीस्वरूप क्रियाशील सदस्यता नवीकरण कार्य चैतभित्र सक्ने निर्णय गरेको छ ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वको क्रियाशील सदस्यतासम्बन्धी समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणलाई जारी राख्दै नवीकरणको काम पनि चैतभित्रै सक्ने निर्णय गरेको हो । सोही तयारी स्वरुपमा त्रैतसम्ममा सदस्यता नविकरण गर्न सम्बन्धित बिभागहरुलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १२ : १० बजे