काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ ।
उर्जा मन्त्रालयले घिसिङलाई मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता किन भङ्ग नगर्ने ? भनी स्पष्टिकरण सोधेको होे । मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समितिलाई तलब, भत्तालगायतका सुविधाको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ जनाएकोलगायत कारण देखाएर स्पष्टीकरण सोधेको हो ।
कार्यसम्पादन चित्त नबुझेको भन्दै उनीलाई स्पष्टिकरण सोधिएको जनाइएको छ ।
यसअघि पनि घिसिङलाई उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।