२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

तिब्बत भूकम्प : १२६ जनाको मृत्यु



बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ । छिमेकी नेपालको राजधानी काठमाडौं र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ ।

चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ ।

फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्री भन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।

भूकम्प मङ्गलबार बिहान करिब ९ः०० बजे ९०१०० जिएमटी० नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर ९५० माइल० उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो ।

“यहाँ घरहरू माटोबाट बनेका छन् त्यसैले जब भूकम्प आयो।।। धेरै घरहरू ढले”, ३४ वर्षीय साङ्जी डाङ्झीले भन्नुभयो । उहाँको तिङरीको सुपरमार्केटमा ठुलो क्षति भयो । उहाँले स्थिति ‘धेरै गम्भीर’ भएको बताउनुभयो । एम्बुलेन्सहरूले दिनभरि मानिसहरूलाई अस्पताल पुर्‍याइरहेका थिए ।

सिसिटिभीले प्रकाशित गरेको निगरानी तस्बिरहरूमा मानिसहरूलाई पसलको गल्लीहरू मार्फत भागिरहेको देखाइएको छ भने र्याकहरू जोडले हल्लिए, खेलौना जस्ता वस्तुहरू भुइँमा खसे ।

सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७ बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।

गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीत हजार ६०९ घर भत्किएका छन् । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर ९सिइएनसी० ले भूकम्पको तीव्रता ६।८ मापन गरेको छ भने युएस जियोलोजिकल सर्भेका अनुसार ७।१ म्याग्निच्युड मापन गरिएको छ ।

सम्पूर्ण उद्धार प्रयास

प्रभावित क्षेत्र सगरमाथा शिखरको चिनियाँ तर्फको पहाडी भू–भागले घेरिएको छ । भूकम्पको केन्द्रविन्दु तिङरी लगभग ६२ हजार जनसङ्ख्याको घर हो र यो तिब्बतको राजधानी ल्हासा जस्तो सहरी केन्द्रहरू भन्दा कम विकसित छ ।

धेरै घर ढुङ्गा, माटोको इँटा र काठको बिम जस्ता परम्परागत सामग्रीहरू प्रयोग गरेर निर्माण गरिएको देखिन्छ । आपत्कालीन कमान्ड सेन्टरलाई उद्धृत गर्दै सिसिटिभीले यस क्षेत्रमा भूकम्प आपत्कालीन प्रतिक्रियाको स्थिति उच्च स्तरमा बढाइएको बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सम्भव भएसम्म क्षति कम गर्दै, सम्पूर्ण खोज र उद्धार प्रयासहरू, प्रभावित बासिन्दाहरूको उचित पुनर्वास र जाडोयाममा उनीहरूको सुरक्षा र न्यानो सुनिश्चित गर्न’ आह्वान गर्नुभएको राज्य प्रसारणले जनाएको छ ।

चीन मौसम विज्ञान प्रशासनका अनुसार तिङरीमा रातको तापक्रम माइनस १६ डिग्री सेल्सियस ९३।२ फरेनहाइट० सम्म झर्ने अनुमान गरिएको छ ।

अधिकारीहरूले तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र ३४० भन्दा बढी चिकित्साकर्मी परिचालन गरिएको बताएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : ०४ बजे