२ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ताः समसामयिक विषयमा छलफल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उनीहरुबिच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ८ : ५६ बजे