२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुग्यो, ३८ हजार बस्ती जले



काठमाडौं । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको र ।

आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको अन्तराष्टिय सञ्चार माध्यामले जनाएका छन् । १६ जना बेपत्ता भएको बताइएको छ । केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ । प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ । जसका कारण डढेलो धेरै भूभागमा फैरिहेको रहेको छ ।

बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको रिपोर्टमा जनाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : ३८ बजे