२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

कांग्रेस सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने गरी बोलाए बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी सबै आफ्ना मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहीबार बिहान बूढानीलकण्ठस्थित आफ्नो निवासमा बैठक बोलाएका हन् ।
मन्त्रीहरुले आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बैठक बोलाइएको हो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : १५ बजे