२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

अभद्र व्यवहारको कसुरमा आशिका तामाङ पक्राउ !



काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार, आशिकालाई ‍अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो । उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्। ती पोष्टहरुमा आम मानिसले गरेको जनगुनासोको बिषयमा बोल्ने मात्र होइन मूख्य निकायमा पुगेरै समाधान प्रयास गर्ने गरेकी थिइन् ।

कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो ।
प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : १६ बजे