२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

कृषि बिकास बैंकले बार्षिकोत्सवको अबसरमा कर्जा ब्याज तथा सेवा शुल्कमा छुट दिने



काठमाडौँ । कृषि बिकास बैंकले आफ्नो ५८ औँ बार्षिकत्सवको अवसरमा सेवा तथा ब्याज शुल्कमा छुट दिने भएको छ । बैैंकले बार्षिकत्सवको अबसरमा नयाँ कर्जाग्राहकलाई सहुलियत तथा छुट योजना सार्वजनिक गरेको हो । सीमित अवधिको लागि तय भएको छुट योजनामा सबैप्रकारको कर्जाको आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम जोडिने जनाइएको छ । त्यस्तै कृषि कर्जा तथा कृषिमा आधारित ब्यवसायिक परियोजनाहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट हुने ब्यवस्था गरिएको छ ।

कर्जा माग गर्ने अवधि भने माघ मसान्तसम्म रहने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : ५६ बजे