काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् । आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।
उनीमाथि बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो ।
नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गरेका थिए ।