९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

भोजपुरमा बालिकाको ‘बलात्कार’, ४५ वर्षीय व्यक्ति पक्राउ



काठमाडौं । भोजपुरमा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–८, पात्लेपानीका ४५ वर्षीय भक्तबहादुर थापा छन् ।

१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको भदौ १० गते राति ती बालिकाको बलात्कार गरिएको भन्ने उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १ : ११ बजे