११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने सरकारको निर्णय



काठमाडौं। सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । बिपक्षीदलहरुको दबाबपछि सरकारले अधिबेशन बोलाउने निर्णय गरेका हो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ५४ बजे