२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

राष्ट्रपतिले गरे संसद् अधिवेशनको आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अधिबेशन आहन गर्ने निर्णय गरेको थियो । यही माघ १८ गते दिउँसो १ बजे बस्ने गरी दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१र१०र७ को सिफारिसमा संवत् २०६१ साल माघ १८ गते शुक्रबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संसदको अधिबेशन आह्वान नगरी अध्यादेश जारी गरेको भन्दै प्रतिपक्षी दलहरुले चर्को बिरोध गरेपछि सरकारले अधिबेशन आह्वान गर्ने निर्णय गरेको थियो

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ३१ बजे