काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने घोषणा गरेका छन् ।
जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आवश्यक रहेको भन्दै सरकारले सगरमाथा संवाद आयोजना गर्ने तयारी थालेको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तन र यसले पर्यतीय क्षेत्रमा पारेको असरबारे विश्व जगतलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ सुरु गरेको बताए ।
गत मङ्गलबार सिंहदरबारमा एक कार्यक्रमबिच प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका थिए । वनमन्त्री ठकुरीले कार्बन उत्सर्जनमा न्यून भूमिका खेलेका नेपाल जस्ता पर्वतीय मुलुकहरुले सामना गर्नुपरेको जलवायुको असर, जलवायु कार्य गर्नका लागि आवश्यक पर्ने वित्त र प्रविधि हस्तान्तरणको विषयमा विश्व समुदायलाई जानकारी गराउनु संवादको मुल उद्देश्य रहेको बताए ।
‘‘यो कार्यक्रमको मुल उद्देश्य भनेको विशेषगरी पर्वतीय क्षेत्र भएका मुलकहले जलवायु परिवर्तनका कारणले भोग्नुपरेको परिस्थिति र पर्वतीय क्षेत्रदेखि लिएर सामुन्द्रिक किनारसम्मका भागहरुमा परेको असरका बारेमा विश्व जगतलाई जानकारी गराउने हो ।,’’ मन्त्री शाहीले भन्नुभयो, ‘‘कार्बन उत्सर्जनमा एकदमै न्यून भूमिका निर्वाह गर्ने नेपाल जस्ता देशहरुले भोग्नुपरेका जुन परिस्थितिहरु छन् ति र जलवायु वित्त र प्रविधिको विकास र प्रविधि हस्तान्तरणका विषयमा समेत सगरमाथा संवादमार्फत विश्वलाई जानकारी गराउने उद्देश्य हो ।’’
उनले संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन ९युएनएफसिसी० को वार्षिक क्यालेण्डर कार्यान्वयन र उसले गर्ने गतिविधिहरुमा नेपालजस्ता पर्वतीय देशहरुका एजेण्डा स्थापित गर्न नेपाल लागिपरेको बताए । उनले सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपाल र नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री ठकुरीको विश्वास छ ।
‘‘त्यसपछि युएनएफसिसीको वार्षिक क्यालेण्डर र उसले गर्ने गतिविधिहरुमा नेपाल जस्ता पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्नका लागि हामीले अहिले पनि धेरै प्रयास गरेका छौँ । अगामि दिनमा पनि सगरमाथा संवादले सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।,’’ उनले भने, ‘‘जलवायु परिवर्तनको असर कम गर्न सहकार्य गर्दै आएका राष्ट्रहरुका सरकार प्रमुखहरु, राष्ट्र प्रमुखहरु र मन्त्रीहरुलाई आमन्त्रण गरेर उहाँहरुको उपस्थितिमा नेपालका सबै परिस्थितिहरुको बारेमा छलफल गर्ने र उहाँहरुका कुराहरु पनि सुन्ने र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने संवादको उद्देश्य हो ।’’
सम्मेलनमा जलवायु परिवर्तनको असर कम गर्न सहकार्य गर्दै आएका राष्ट्रहरुका सरकार प्रमुख तथा मन्त्रिहरुलाई आमन्त्रण गरिने मन्त्री शाहीले बताए । उनले संवादमार्फत नेपालका सबै परिस्थितिहरुको बारेमा छलफल गर्दै अन्तर्राष्ट्रियस्तरमा पुर्याउने संवादको मुख्य उद्देश्य रहेको बताए।
मन्त्री शाहीले सरकारले सगरमाथा संवाद गर्ने निर्णय कोरोना भाइरस सङ्क्रमण फैलिनुभन्दा पहिले नै गरेको भएपनि विभिन्न समस्याको कारण गर्न नसकेको बताए ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त प्रयासले सगरमाथा संवादको शुभारम्भ भएको जानकारी दिए ।





