९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य तोलामा एक हजारले बढ्यो



काठमाडौँ । स्थानीय शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ।सुनको मूल्य आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ११ : ३८ बजे