काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।
बैठक दिउँसो २ बजेका लागि संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो ।
आजको बैठकमा सरकारले ल्याएको अध्यादेश, संविधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ । माघ १८ गते संसद बैठक बस्दैछ । बैठकमा सांसदहरु कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुनेछ ।





