२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ ।

आइतबार पनि दलको बैठक बसेको थियो । बैठकमा कांग्रेस र एमालेले बनाएको कानुन सुधार कार्यदलमा कांग्रेसबाट सदस्य रहेका अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहाल र योजनाविद्को रूपमा सहभागी प्रताप पौडेलले अध्यादेशको औचित्यबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा महामन्त्री गगन थापाले दुईदलीय संयन्त्रले गरिरहेका कामको ब्रिफिङ गरेका थिए । गृहमन्त्री रमेश लेखकले पनि अध्यादेश ल्याउनुको औचित्यका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए । आज पनि सोही बिषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : ४६ बजे