२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ट्रम्पविरुद्ध अनुसन्धान गरेको आरोपमा १२ न्याय विभाग अधिकारीलाई बर्खास्त



काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ। यी अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए। कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई हटाउने निर्णय गरेका हुन्। बीबीसीका अनुसार, ट्रम्प प्रशासनले अधिकारीहरूलाई राष्ट्रपति ट्रम्पको एजेन्डा इमान्दारीपूर्वक लागू नगर्ने आशंका गर्दै बर्खास्त गरेको हो।

यसै बीच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको छ। यी आदेशहरू सेनामा यौनिक र लैंगिक अल्पसंख्यकहरूको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीहरूको पुनस्र्थापना, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन्।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ११ : २७ बजे