७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय



काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत्र २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा हाल देखिएका सबै समस्याका विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।

बैठकले चैत्र पहिलो हप्ता मधेसमा जनप्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए । उनका अनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ । त्यस्तै, समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरूलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको बताए ।
बैठकमा काठमाडौँमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको उनले बताए । नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : ०१ बजे