३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

भित्र संसद बैठक चलिरहदा रास्वपा सांसद संसद बाहिर !



काठमाडौँ । प्रतिनिधि सभाको हिउँदे अधिबेशन शुक्रबार देखि सुरू भएको छ।

बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका थिए।

उनीहरूले आकस्मिक समयमा बोल्न सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए। तर सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरेका थिए ।

रास्वपा सांसदहरु संसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् । उनीहरुले १५ मिनेटको लागि बैठक बहिस्कार गरेको बताएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : ०४ बजे