९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

शुक्रबार देखि सुनको मूल्य स्थिर



काठमाडौं । शुक्रबार देखि सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन गत शुक्रबारदेखि स्थिर छ ।

गत शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयताका दिनमा सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज पनि छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने १५ रुपैयाँ घटेर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : १५ बजे