२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

क्यान्सर न्यूनीकरण गर्न सबैबीच सहकार्य आवश्यक : मन्त्री पौडेल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैबीच सहकार्य जरुरी रहेको बताएका छन् । विश्व क्यान्सर दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

क्यान्सर न्यूनीकरणका निम्ति धेरै काम गर्न बाँकी रहेको उनले उल्लेख गरे । उनले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए ।

“खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरू गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ,” उनले भने ।

पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै उनले यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्नेमा जोड दिए । “दिनमा चारजनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ,” उनले भने ।

मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि आवश्यक साधनस्रोतको कमी रहेको बताए । सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ५२ बजे