२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेपाल टेलिकम आज २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश



काठमाडौँ । नेपाल टेलिकम आज २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले हरेक वर्ष माघ २२ मा वार्षिकोत्सव मनाउने गरेको छ । कम्पनीले मोबाइल टेलिफोन सेवा, जिएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ ।

विस २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भए पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रूपान्तरण गरिएको हो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : ४३ बजे