काठमाडौं । संसदमा बिहिबार अध्यादेश आज संसद्मा निणयार्थ पेस नगरिने भएको छ । सरकारले हालै ल्याएका अध्यादेश आज दुबै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अध्यादेश निणयार्थ पेस नगरिने भएको हो ।
यसअघि, संघीय संसद् सचिवालयले आजको बैठकका लागि जारी गरेको सम्भावित कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने उल्लेख थियो ।
अध्यादेशबारे जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्णय नगर्दा कार्यसूचीमा नराखिएको बुझिएको छ । यता नेपाली कांग्रेसले भने अध्यादेश पास हुने बताएका थिए ।





