३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

सरकारलाई गगन थापाको प्रश्न : हिउँदमा मर्मत नभएका सडक बर्खामा कसरी बन्छ ?



काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा काग्रेस महामन्त्री गगन थापाले बाढीपहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न गरेका छन्।

बिहीबारको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री थापाले भने, ‘४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब चाहिन्छ, सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको छ। पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छरु बर्खामा बाटोहरू कसरी बन्छन् ? हिउँदमा ती सडक मर्मतका काम नभएपछि थापाले प्रश्न गरेका हुन् ।
जाजरकोटको भूकम्प, असोजको बाढी र यसका बारेमा भइरहेका कामलगायत विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ४ : २० बजे