काठमाडौं । नेप्से परिसूचक बिहीबार ११.६४ अंकले घटेको छ । नेप्से ०.४२ प्रतिशतले घटेर २,६९९.८१ को विन्दुमा पुगेको छ ।
आज नौ अर्ब २४ करोड ७३ लाख रुपैयाँमा एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भएको छ । बुधबार आठ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार ७४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १६० कम्पनीको सेयरमूल्य घट्दा नौ कम्पनीको मूल्य स्थिर छ ।
सबैभन्दा धेरै कमाउनेमा उपर लोहोरे खोला हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।





