काठमाडौं । माघ २४ गते काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ । गए राति उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो । ४ दिन अघिसानदार मःम पसलमा आगलागी हुँदा ११ ‘स्टाफ’ घाइते, दुईजनाको अवस्था गम्भीर ग्यास चुहावटका कारण आगलागी हुँदा सोही मःम पसलका ११ कर्मचारी घाइते भएका थिए । तीमध्ये दुईजनाको मृत्यु भएको हो ।





