काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हरेक पटकको जनमत दम्भले दुर्घटनामा परेको बताएका छन् । आइतबार रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले रास्वपाले यसपटक पाएको जनमत दुर्घटनामा जान नहुने बताए । “पटक पटकका जनमत दम्भबाट दुर्घटनामा परेका छन् । यसपटकको जनमत दुर्घटनामा जानु हुन्न,” थापाले भने, “हामी रास्वपा प्रतिस्पर्धी हौँ तर दुस्मन होइनौँ ।” त्यस्तै उनले रास्वपा र सरकारमा रहेको जिम्बेवार ब्यक्तिले गैरजिम्मेवार रुपमा प्रस्तुत भए त्यसको प्रतिकार गर्ने बताएका छन ।
त्यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताएका छन् ।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताएका हुन्





