काठमाडौं । प्रतिपक्ष दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका निम्ति स्थगन गरिएको छ । मंगलबार ९माघ २९० सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटलाई स्थगन गरेका हुन् ।
आकस्मिक र शून्य समय सकिएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सभामुखको ड्यासमा रहेकी उपसभामुख इन्दिरा रानाले बोल्न दिएपछि संसद्को कारबाही प्रभावित भएको छ ।
विशेष समयमा रामकृष्ण यादवलाई बोल्न दिएपछि खतिवडाले समय मागेका थिए । खतिवडाले समय माग गर्दा उनलाई उपसभामुख रानाले दुई मिनेटको समय दिइन् । खतिवडाले रास्वपाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिए ।
लगत्तै रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाएका थिए । उनले सत्तापक्षलाई जतिबेला पनि बोल्न दिने भन्दै आपत्ति जनाए । उनले खतिवडाले बोलेको नहटाएसम्म आफू उभिने बताए । त्यसपछि रास्वपाका सांसदहरू उठे ।
नेकपा ९माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसद् नियमावली अनुसार नचलेको बताए । उनले कुन नियमावली अन्तर्गत बोल्न दिइयो रु भन्दै जवाफ मागे ।
रानाले गम्भीर ध्यानकर्षण भएको भएको भन्दै अध्ययनका लागि सचिवलायलाई निर्देशन दिइन् ।





