९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर बबरमहल जलमग्न



काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर जलमग्न भएको छ । पाइप फुटेपछि अहिले वरपर रहेका सरकारी कार्यालय डुबानमा परेका छन् ।

काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा जलमग्न भएको हो ।

बाढिले जिल्ला अदालतको पहिलो तला डुबेपछि अदालतको सेवा प्रभावित भएको छ ।

अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ३२ बजे