२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

पोखरामा बेलुनको गुच्छा पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते !



पोखरा । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका छन् ।

उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । पौडेल सोही कार्यक्रम उद्घाटनको लागि पोखरा पुगेका थिए ।

सोही कार्यक्रममा बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : १७ बजे