९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य २७ सय रुपैयाँले घट्यो



काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : २४ बजे