२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

प्रकाश ज्वालालाई प्रधानमन्त्रीको प्रतिप्रश्न– कार्यक्रम रोक्नेले नै प्रगति खोज्ने ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिनिधि सभामा सांसदले सोध्नुभएका जिज्ञासाको जवाफ दिने क्रम जारी छ । पहिलो प्रश्न सोध्नुभएका प्रकाश ज्वालालाई जावाफ दिदै प्रधानमन्त्री ओलीले पूर्व भौतिक पूर्वाधारमन्त्री हुँदा रद्द गरेको कार्यक्रमको प्रगति खोज्नु गलत भएको जवाफ दिए।

प्रधानमन्त्रीले जवाफ दिँदै भने, ‘‘मेरो अघिल्लो कार्यकालमा मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सो को निर्माणको सुरुवात गरेको थिएँ। तर त्यसको केही समयपछि नै सरकार परिवर्तन भयो र म बाहिरिएँ। त्यसपछि आउने सरकारले ती कार्यक्रम रद्द गरे। निर्माण रोकियो। प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। कार्यक्रम रद्द गर्नेले नै फेरि त्यसको प्रगति खोज्ने हामीमा अनौठो संस्कार छ।’’ सबै सडक र अस्पतालको निर्माण सम्पन्न गर्न ठुलो बजेटको आवश्यकता पर्ने भएकाले ती अस्पताल केही सङ्ख्यामा निर्माण सम्पन्न भएको उजको दाबी छ।

उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पताल प्राथमिकता पूर्वक निर्माण भइरहेको प्रधानमन्त्रीले जवाफ दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ०३ बजे