७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्ने कार्यक्रम छ। आज बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरी कार्यसूची प्रकाशन गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको निमन्त्रणमा प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभामा सम्वोधन गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम (२) को उपनियम ९२० बमोजिम प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको हो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ३१ बजे