१० असार २०८३, बुधबार | Wed Jun 24 2026

लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा



काठमाडौँ । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशीपको दोश्रो खेलमा पनि नेपाल विजयी भएको छ।

नेपालले लेबनानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले डिबक्स नजिकबाट गरेको प्रहार क्लियर गर्ने क्रममा लेबनानका खेलाडीको खुट्टामा लागेर आत्मघाती गोल भएको थियो । यो १ गोलनै खेलको निर्णायक गोल बन्यो ।

यो जितसँगै नेपाल फाइनलमा पुगेको छ । अब नेपालले फाइनलमा म्यानमारसँग प्रतिश्पर्धा गर्नेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पनि किर्गिस्तानलाई १-० गोल अन्तरले नै पराजित गरेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा किर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै फाइनलमा पुगेको छ ।

दशरथ रंगशलामा नै भएको खेलमा विजयी हुदै ६ अङ्क बनाएको म्यानमार फाइनलमा पुगेको हो ।।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ८ : ४५ बजे