विराटनगर । आजदेखी नेपाली कांग्रेसको युवा अभियानु कोसी प्रदेशबाट सुरु भएको छ । नेपाली कांग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा हुन लागेको राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानुलाई शुक्रबार महामन्त्री गगनकुमार थापाले विराटनगरमा उद्घाटन गरेका हुन् ।
कांग्रेसले सातवटै प्रदेशमा अभियान तलाउने प्रचार विभागले जनाएको छ ।
कांग्रेसले गत साउनमा ३० दिने र १०० दिने अभियान चलाएको थियो । अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण पत्रकारद्वय हरिबहादुर थापा र जगत नेपालले गरेका छन् ।





