२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

स्वाधीनताको सम्बन्धमा सम्झौता हुँदैन : महामन्त्री थापा



उर्लाबारी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वाधीनताको सम्बन्धमा कुनै सम्झौता नहुने बताएका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार नेपाली काङ्ग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा भएको ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’को उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताए।

महामन्त्री थापाले कांग्रेसले देशको महत्त्वपूर्ण निर्णयमा नेतृत्व गरेको इतिहास संस्मरण गर्दै काङ्ग्रेसलाई अब राष्ट्रिय पार्टी र मतले मात्र नहुने उल्लेख गरे। काङ्ग्रेस देशको राजनीतिमा जिम्मेवार हुनुपर्ने समय आएकोले सोही अनुसार सम्हाल्ने र मिलाउने भूमिकामा कांग्रेस रहनु पर्ने उनको भनाइ थियो।

कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले पार्टीलाई निश्चित दिशा दिन अभियानले सकारात्मक प्रभाव पर्ने बताए।

केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले गरेका राम्रा कामको प्रचार र चुनौतीबारे छलफल गर्न सबै प्रदेशमा अभियान थालिएको बताए। केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससँग युवाको लिगेसी कायमै रहेको बताए।

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीको आन्तरिक चुनाव र भातृ संस्थाको आवधिक चुनाव समयमै गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : ३५ बजे