२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

‘काँग्रेसका मन्त्रीहरु एमालेसँग सहकार्यमा काम गर्न कोइलाको आग्रह



काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद डा। शेखर कोईरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा ९एमाले० सँग सहकार्य गरेर देखिने काम गर्न आग्रह गरेका छन् । सरकार बाहिर रहेका काँग्रेसले त्यसकालागि दवाव दिन आवश्यक रहेको उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोईरालाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्न आवश्यक रहेको तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको प्रष्ट पाए । उनले आगामी निर्वाचनमा पनि एमाले नै काँग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने बताए ।

नेता कोईरालाले २०८२ को मंसिरभित्र पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताउनुभयो । तोकिएको समय भन्दापछि धकेलेर अधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताए ।

सांसद कोईरालाले भने, ‘नेपाली काँग्रेसको महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ भन्ने धेरै कार्यकर्ताको इच्छा छ । चार वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली काँग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनै पनि हालतमा २०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीको तर्क छ, त्यसले नेपाली काँग्रेसलाई कमजोर बनाउँछ ।’

अहिले प्रमुख दुई दल सँगै सरकारमा सहकार्य गरे पनि भोलिको प्रतिष्पर्धी शक्ति पनि यी दुवै रहेको उको भनाइ छ । “जो साथीहरु सरकारमा जानुभएको छ, ती साथीहरुले एमालेसँग सहकार्य गर्नुहोस् । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौं, हामीले खबरदारी गरिरहनु पर्छ ।’ सांसद कोईरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ३४ बजे