२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

वैदेशिक रोजगारीमा जाने बढे, ७ महिनामा साढे चार लाखले लिए श्रम स्वीकृति



काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १५.६६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो सात महिना ९साउन १ गतेदेखि माघ मसान्तसम्म०मा वैदेशिक रोजगारीमा जान चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०र८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट चार लाख दुई हजार ४७७ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३१ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागले जारी गरेको विवरण अनुसार, २०८१ साउनदेखि माघ मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा चार लाख १२ हजार ५५२ जना पुरुष र ५२ हजार ९५६ जना महिला छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११।३७ प्रतिशत संख्या महिलाको छ ।

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१र८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०र८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघमा ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा औसतमा प्रत्येक महिना ६६ हजार ५०१ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ३७ बजे