२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

१ बजे प्रतिनिधि सभाको बैठक बस्दै



काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

आज दिउँसो १ बजे संघीय संसद भवन वानेश्वरमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा विधेयक(२०८१ र नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक२०८१ प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको छ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आमसञ्चार परिषद् विधेययक(२०८१ माथि विचार गरियोस भनी प्रस्ताव गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : २५ बजे