२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् फागुन २१ देखी हुने



काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् यही फागुन २१ र २२ गते हुने भएको छ ।

भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा। शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रय समितिको उपाध्यक्ष तथा प्रचार प्रसार विभागका संयोजक राधिका कुइंकेल खनालले बताए ।

परिषदको बन्द सत्रमा देशभरिका चार सयभन्दा बढीको सहभागिता रहने छ ।

परिषद्ले सङ्गठन विस्तार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन, श्रम ऐन संशोधन र प्रभावकारी कार्यान्वयन, श्रमिक पञ्जिकरण, न्यूनतम पारिश्रमिक लागू, मर्यादित रोजगारी सिर्जना, जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव, सामाजिक संवाद, आधिकारिक ट्रेड युनियनको निर्वाचन, आईएलओ महासन्धिहरुको अनुमोदन, सुरक्षित कार्यस्थल र ट्रेड युनियन अधिकारको ग्यारेन्टी लगायतका विषयहरूमा बृहत् छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ३ : १३ बजे