१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

‘नो केबलकार’ भन्नेहरुसँग सैद्धान्तिक सहमति छैन तर वार्ता जरुरी छ: नेपाली काँग्रेस



काठमाडौँने । नेपाली काँग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने भनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पार्टी पदाधिकारी बैठकले ‘नो केबलकार’ भन्ने कुरामा काँग्रेसको सैद्धान्तिक सहमति नरहेपनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल सम्बन्धी विधेयक तथा आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका बारेमा पनि बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ४५ बजे