२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित



काठमाडौँ । राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन)विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

मन्त्री चौरसियाले कानुन व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी)को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताउनुभयो।

उहाँले कानुन विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा विधेयक सम्बन्धित छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : ०५ बजे