२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गृहमन्त्री लेखकले गरे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण



रुपन्देही । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहनुभएका मन्त्री लेखक मंगलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरिक्षणका लागि पुग्नु भएको थियो ।

निरीक्षणपछि गृहमन्त्री लेखकले बिमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको शुरक्षा व्यवस्था सहित विमानस्थलको बिषयमा बुझेको बताए ।

गृहमन्त्री लेखकले भन्नुभयो, ूगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवातजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाई के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।ू

उनले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसि व्यक्त गरे । अहिले मलाई बडो खुसी लागेको छ’ उनले भने एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवातजावत पनि बढेको छ । यसलाई दिगो बनाउने बिषयमा सरकार गम्भिर रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : १२ बजे