८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

भारी वर्षापछि जकार्ता र वरपरका सहरमा भीषण बाढी



काठमाडौं । गएको सोमबारदेखि इन्डोनेसियाको जकार्तालगायत क्षेत्रमा भारी वर्षा भएपछि सहरका अधिकांश स्थानमा भीषण बाढीको स्थिति छ । धेरै घर जलमग्न र सयौँ बासिन्दा प्रभावित भएका छन् ।

स्थानीयले खिचेका भिडियोमा पानीको सतह उच्च देखिन्छ । बाढीले सहरमा उल्लेखनीय ट्राफिक जाम निम्त्याएको छ ।

प्रभावित क्षेत्रमा आपत्कालीन उद्धारका निम्ति टोली खटाइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ३४ बजे