२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. देवकोटा



काठमाडौँ । सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाउनुभएका डा.देवकोटाले आजै कार्यभार सम्हाल्नुहुने बताए । डा.देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १० : ५२ बजे